अरुण भ्यालीले शतप्रतिशत हकप्रद जारी प्रस्ताव पारित गर्न डाक्यो विशेष साधारण सभा

0
Shares

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव राखेर विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले असार ७ गते विशेष साधारण सभा बोलाएको हो । कम्पनी सञ्चालक समितिको जेठ २१ ग्ते दिउँसो बसेको बैठकले विशेष साधारण सभा आह्वान गरेको हो ।

विशेष साधारण सभाले कम्पनीको चुक्ता पुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । विशेष साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्ड मा निवेदन दिएर र स्वीकृती पाएपछि हकप्रद शेयर निष्कासन गर्नेछ ।

कम्पनी सञ्चालक समितिको बसेको बैठकले चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । सो निर्णयको पुर्व स्वीकृतिका लागि कम्पनीले जललविद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगमा कम्पनीले आवेदन दिएको थियो। आयोगबाट कम्पनीले यसअघि जेठको पहिलो साता नै पुर्व स्वीकृतिका पाइसकेको छ ।

हाइड्रोपावरले हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको ३ मेगावाट क्षमताको लिखु खोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि लगानी गर्नेछ । बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।