सोमबारको तुलनामा अमेरिकी डलर बढ्यो, युरो घट्यो


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ९८ पैसा र बिक्री दर १३२ रुपैयाँ ५८ पैसा रहेको छ ।

सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ रहेको थियो । यस्तै आज मंगलबार युरोको भाउ खरिद दर १४१ रुपैयाँ ०९ पैसा र बिक्री दर १४१ रुपैयाँ ७३ पैसा रहेको छ ।

सोमबार युरोको भाउ खरिद दर १४१ रुपैयाँ ५० पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा रहेको थियो । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९४ पैसा र बिक्री दर ८७ रुपैयाँ ३४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६३ रुपैयाँ ५१ पैसा र बिक्री दर १६४ रुपैयाँ २५ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८३ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ९६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १९ पैसा र बिक्री दर ३५ रुपैयाँ ३५ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०८०, मंगलबार  ०६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।