नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करण सकिएको छ । विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा एक कार्यक्रमका बिच अभियानको समापन गरिएको हो ।
कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा लगायत अभियानमा संलग्न अन्य साझेदार निकायहरू र सरकारी अधिकारीहरू तथा मुख्य सरोकारवालाहरू सहभागी थिए ।
चार मुख्य हिमालहरु सगरमाथा, ल्होत्से, अन्नपूणर् र बरूणत्से सरसफाई गर्ने उद्देश्यका साथ यो अभियान २८ मार्चमा सुरु भएको थियो । अत्यधिक उचाइमा रहेका यी हिमालहरुबाट फोहोर संकलन गर्ने जोखिमपूणर् यात्रामा नेपाली सेनाका सदस्यहरु र शेर्पाहरु गरी ९७ जना सहभागी थिए ।
उक्त अभियानका क्रममा ३५ हजार ७०८ किलोग्राम फोहोर सङ्कलन भएको बताइएको छ । यसरी संकलन गरिएका फोहोरहरु काठमाडौं पठाई पूणर् रुपमा छुट्ट्याएर रिसाइकल पार्टनर क्रिएसनलाई हस्तान्तरण गरिने बताइएको छ ।
अभियानको सफलताको बारेमा अभियानका निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले हिमालहरु सफा राख्ने यो अभियान सफलतापुर्वक सम्पन्न गर्न मद्दत पुर्याएकोमा वातावरणप्रति जिम्मेवार सम्पूणर् संस्थाहरुको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् । अभियानको सुरुवातदेखि नै निरन्तर सहयोग प्रदान गरेकोमा उनले कोका-कोला फाउन्डेसनलाई विशेष धन्यवाद दिए ।
कोका-कोला फाउन्डेसनका अध्यक्ष सादिया माड्सब्जर्गले सफा हिमाल अभियानसँगको साझेदारीलाई जोड दिँदै नेपालका हिमालको पवित्रता जोगाउन फाउण्डेसनको सहयोगले भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।
वातावरणीय दिगोपन र सामुदायिक संलग्नता सम्बन्धी परियोजनाहरुको लागि कोका-कोला फाउन्डेसनले सधैँ अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया