यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ८८ पैसा र बिक्री दर १३२ रुपैयाँ ४८ पैसा रहेको छ ।

युरोको भाउ खरिद दर १४१ रुपैयाँ ०५ पैसा र बिक्री दर १४१ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७७ पैसा र बिक्री दर ८८ रुपैयाँ १७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६३ रुपैयाँ ७१ पैसा र बिक्री दर १६४ रुपैयाँ ४५ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६२ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १७ पैसा र बिक्री दर ३५ रुपैयाँ ३३ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।