बिहीबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ


नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बिहीबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ७८ पैसा र बिक्री दर १३२ रुपैयाँ ३८ पैसा रहेको छ ।

युरोको भाउ खरिद दर १४१ रुपैयाँ १८ पैसा र बिक्री दर १४१ रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २९ पैसा र बिक्री दर ८८ रुपैयाँ ६९ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६४ रुपैयाँ ११ पैसा र बिक्री दर १६४ रुपैयाँ ८५ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६६ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ७९ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १४ पैसा र बिक्री दर ३५ रुपैयाँ ३० पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।