विदेशी लगानी भित्र्याउन सरकारले प्राथमिकता दिनुपर्ने : डा रामशरण महत

0
Shares

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले राष्ट्रमा औद्योगिक क्षेत्र र प्रतिष्ठानमा विदेशी लगानी भित्र्याउन सङ्घीय सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन।

केन्द्रीय सदस्य डा महतले १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका उपलक्ष्यमा नेपाल ट्रेड युनियन काङ्ग्रेस मकवानपुरद्वारा आयोजित कार्यक्रममा उनले यातायात, कृषि, सडक र प्रतिष्ठानमा मजदूरलाई आफ्नो हकअधिकार संरक्षणका लागि सामाजिक सुरक्षा ऐनलाई व्यवहारिक ढङ्गबाट प्रयोगमा ल्याउन प्रदेश सरकारले थप कदम चाल्नुपर्ने बताए ।

प्रदेश नं ३ का नेपाली काङ्ग्रेस प्रदेशसभाका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुलुकमा बहुराष्ट्रिय कम्पनीको स्थापना भए पनि मजदूरलाई स्थायी सेवाको ग्यारेण्टी र नियमअनुसार पाउने पारश्रमिक दिने नगरेको र ती कम्पनीले मजदूरलाई बेरोजगारीको अवस्थामा पु¥याउँदा पनि प्रदेश सरकारले ध्यान नदिएको गुनासो गरे ।

ट्रेड युनियन काङ्ग्रेस मकवानपुरका सल्लाहकार हरिप्रसाद वाग्ले, ट्रेड युनियन काङ्ग्रेसका केन्द्रीय उपाध्यक्ष तारा कार्की र नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वअध्यक्ष रघुरमण न्यौपानेले नेपाली काङ्ग्रेस र ट्रेड युनियनका बीचमा सहकार्य गर्दै मजदूरको हकहितको निर्मित पार्र्टीले रचनात्मक सहयोग गर्नु पर्दछ भने ।