धितोपत्र बोर्डको अध्यक्षमा ८ जना प्रत्यासी


नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ८ प्रत्यासीले आवेदन दिएका छन् ।

बोर्डका अध्यक्ष डा. रेवत कार्र्कीको कार्यकाल सकिए पछि अर्थमन्त्री डा. युवराज खतिवडाले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका थिए ।

अर्थ मन्त्रालयका राजश्व सचिव शिशिर ढुंगाना र इक्यानका अध्यक्ष कृष्ण आचार्य सदस्य रहेको समितिमा ८ आकांक्षीहरुले धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि आवेदन दिएका हुन् ।

स्रोतका अनुसार राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भिष्मकुमार ढुंगाना, बोर्डका कार्यकारी निर्देशक निरज गिरी, बोर्डका पूर्वविज्ञ सदस्य निल सारु मगर, बोर्डका उपर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका पूर्व महाप्रबन्धक सिताराम थपलिया, कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिँजापतिले आवेदन दिएका छन् । स्रोतले अन्य दुई आवेदक बजारमा नाम नचलेका व्यक्ति रहेको नोटबजारलाई बतायो ।

समितिले ८ जना मध्येबाट तोकेको मापदण्ड पुरा गरेका ३ आकांक्षीको नाम अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ ।