आँखुखोला जलविद्युत् कम्पनीले हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा


आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीकोे जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले असार २२ गते अर्पण व्यङ्क्वेट, नयाँ बानेश्वरमा सभा आह्वान गरेको हो ।

सभाले गणेश हिमाल हाइड्रोपावरले आफूले प्रवर्द्धन गर्न लागेको २० मे.वा. क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्न सञ्चालक समितिले गरेको सम्झौता अनुमोदन गर्नुका साथै बैक ऋण भुक्तानीको लागि १:१.५ को हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।

यस्तै सभाले हकप्रद शेयर निष्काशनको लागि कम्पनीको पुँजीगत संरचनामा वृद्धि गर्ने प्रस्ताव परित गर्ने छ । सभाले आ.व. २०७८\०७९ को वार्षिक प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरी पारित गर्नेका साथै लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निधारण गर्ने छ ।

१५ औं वार्षिक साधारण सभा प्रयोजनका लागि असार ३ आइतबार गते सेयर दाखिल खारेज बन्द रहनेछ । बुकक्लोज अनुसार असार २ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।