लक्ष्मी लघुवित्तले पारित गर्यो लाभांस


लक्ष्मी लघुवित्तले प्रस्तावित गरेको लाभांस साधारण सभाबाट पारित भएको छ ।

गत आर्थिक वर्षको कमाईबाट २६ प्रतिशत लाभांश बितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई साधारण सभाले पारित गरेको हो ।

शुक्रबार सम्पन्न लघुवित्तको आठौं वार्षिक साधारणसभाले १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

२०७६ आषाढ मसान्तमा २४ करोड २० लाख रुपैयाँ रहेको चुक्ता पूँजी १५ प्रतिशत बोनस शेयर बितरण पश्चात २७ करोड ८३ लाख रुपैयाँ नाघेको छ ।

साधारण सभाले अन्य इजाजत पत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ ।

२०६९ जेष्ठ २२ गतेबाट नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार सुरु गरेको लघुवित्तले ५२ जिल्लामा ६७ वटा शाखा कार्यालयहरु मार्फत ८३ हजार जनालाई सेवा दिँदै आएको छ ।