गरिमा विकास बैंकको साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


गरिमा विकास बैंकले साढे ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ८२ हजार ८९२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकको उक्त सेयरमा आम सर्वसाधारणले आवेदन दिन पाउने छैनन् । बैंकले संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने गरी सेयरको बिक्री खुलाएको हो । संस्थापक सेयरधनीबाट आवेदन नपरेमा मात्र अन्य, व्यक्ति, संस्था वा कम्पनीलाई सेयर खुलाइने बैंकले जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीले आज जेठ २८ गतेदेखि ३५ दिन भित्र विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौंमा सम्पर्क गर्न सक्ने छन् ।  आवेदन दिँदा के–कति कित्ता सेयर खरिद गर्न चाहेको हो सो खुलाई आवश्यक कागजात सहित निवेदन दिनु पर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।