बीस आयोजनाका लागि साढे २१ करोड बजेट विनियोजन


झापामा २० वटा आयोजना सञ्चालन गर्न सङ्घीय सरकारले २१ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०\२०८१ का लागि समपुरक अनुदानमार्फत स्थानीय तहबाट सञ्चालन हुने आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो ।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको विवरणमा जिल्लाका विभिन्न पालिकामा २० वटा आयोजना परेका थिए । समपुरक अनुदानमार्फत अर्जुनधारा नगरपालिकामा खानेपानीका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

शनिश्चरे खानेपानी तथा लटरे खानेपानी आयोजना स्तरोन्नति तथा विस्तारका लागि उक्त बजेट विनियोजन भएको हो । योसँगै उक्त नगरपालिकामा विपद् व्यवस्थापनका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । विनियोजित रकमले ठूलो नेते खोलामा तटबन्धन गर्ने नगरप्रमुख वलदेवसिंह गोम्देनले बताए ।

यता बाह्रदशी गाउँपालिकामा रहेको गौरीशङ्कर माध्यमिक विद्यालयको भवन निर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोही गाउँपालिका–७ स्थित डाँगीबारीमा रहेको उक्त विद्यालयको भवन निर्माणका लागि सो रकम उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष देवीन्द्रप्रसाद चम्लगाईंले बताए । सो विद्यालय गाउँपालिकाको नमुना विद्यालयका रुपमा रहेको छ ।

भद्रपुर नगरपालिकामा समावेशीकरण तथा मूलप्रवाहीकरणका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । तीनवर्षे आयोजनाका रुपमा नगरमा रहेका सन्थाल समुदायका लागि आवास कार्यक्रमअन्तर्गत सो रकम विनियोजित भएको हो । यता विर्तामोड नगरपालिकामा खाद्य सुरक्षा कार्यक्रमका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।

बुद्धशान्ति गाउँपालिकामा फोहरमैला व्यवस्थापनका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । तीनवर्षे उक्त आयोजनामा फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइड विथइन सिनिरेशनको काम गरिने जनाइएको छ । सोही गाउँपालिको विजयपुरस्थित आदर्श मा.वि.कोे भवन निर्माणका लागि ७० लाख रुपैयाँ विनियोजन भएको छ ।

दमक नगरपालिकामा विद्यालयको पूर्वाधार निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन भएको छ भने गौरादह नगरपालिकामा खानेपानीका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

गौरादाहनगरपालिका–५ को चान्दु खोला ८ नम्बरको बाँध (चान्दु) खानेपानी तथा सरसफाई आयोजनाका लागि सो रकम छुट्याइएको हो ।
गौरीगञ्ज गाउँपालिकामा खानेपानी आयोजनाका लागि लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ । खजुरगाछी खानेपानी आपूर्ति आयोजनाका लागि सो बजेट विनियोजन भएको हो ।

यसैगरी फोहोरमैला व्यवस्थापनका लागि गौरीगञ्ज गाउँपालिकालाई ७० लाख रुपैयाँ विनियोजन भएको छ । विनियोजित रकम ल्याण्डपिल्ड साइड निर्माण तथा व्यवस्थापनका लागि उपलब्ध गराइएको हो । हल्दिबारी गाउँपालिकामा खानेपानी आयोजना सञ्चालनका लागि एक करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । विनियोजित बजेटले हल्दिबारी गाउँपालिकाका विभिन्न स्थानमा खानेपानीको पाइप बिस्तार गरिने गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए ।

झापा गाउँपालिकामा आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलितलगायत विपन्न वर्गका लागि आवास निर्माण गर्न रु एक करोड १५ लाख बजेट विनियोजन भएको छ । विनियोजित बजेटले उक्त गाउँपालिकाको वडा नं ३, ४ र ५ मा आवास निर्माण गरिने गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउनुभयो । विपन्न आवास कार्यक्रमका लागि सो रकम प्राप्तहुने अध्यक्ष साहको भनाइ थियो । कचनकबल गाउँपालिकामा खानेपानीका लागि एक करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाको वडा नं ३, ६ र ७ मा खानेपानीको पाइपलाइन बिस्तारकालागि सो रकमविनियोजन भएको हो ।

कमल गाउँ पालिकामा महेन्द्ररत्न मा वि को भवननिर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन भएको छ । कमलगाउँपालिकामा रहेको लगनपुर स्वास्थ्यचौकीको भवन निर्माणका लागि ८० लाख रुपैयाँ विनियोजन भएको छ । कनकाई नगरपालिकाभित्र फोहोरमैला व्यवस्थापनका लागि दुई करोड रुपैयाँ विनियोजन भएको छ । यसबाट जामुनबारी चोकबाट वनपथ हुँदै बायोग्यास प्लान्टसम्म जाने पूर्वाधार निर्माण गरिने नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

मेचीनगरपालिकामा विपद् व्यवस्थापनका लागि एक करोड रुपैयाँ विनियोजन भएको छ । निन्दा रिभर बैंक इन्बैंकमेन्ट निर्माणका लागि सो रकम विनियोजन भएको हो । त्यस्तै आदर्श माविको विद्याल यभवन निर्माणका लागि एक करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ ।शिवसताक्षी नगरपालिकामा फोहोरमैला व्यवस्थापनका लागि एक करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।