रसुवागढी र सान्जेन जलविद्युतको शेयर बिहीबार बाँडफाँड हुने, सबै आवेदकले पाउने

0
Shares

जनताको जलविद्युत आयोजना अन्तर्गत निष्काशन भएको रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत आयोजनाले निष्कासन गरेको साधारण शेयर बिहीबार बाँडफाँड हुने भएको छ। दुवै कम्पनीको आईपिओ सम्पूर्ण आवेदकले कम्तिमा दश कित्ताका दरले  पाउने भएका छन् ।

बिहिबार दिउँसो तीन बजे ऊर्जा मन्त्रालयको सभाहलमा मन्त्री वर्षमान पुनले शेयर बाँडफाँड गर्ने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ।

रसुवागढी हाइड्रोपावरमा न्यूनतम १० कित्ता र अधिकतम ५० कित्ता शेयर पाउने छन्। धरैजसो लगानीकर्ताले १० कित्ताकै दरमा आवेदन दिएपछि आवेदनकर्ताले ५० कित्तासम्म शेयर पाउने भएका हुन्।

रसुवागढीमा लगानीकर्ताले ४० कित्तासम्म माग गर्नेले मागेजति शेयर पाउने देखिएको छ भने करिब २५ हजार ६ सय आवेदकले थप १० कित्ताको दरले शेयर पाउने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले जानकारी दिए।
कम्पनीले सर्वसाधारणको लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर निष्कासन गरेको थियो।

सान्जेन जलविद्युतको आइपिओ न्यूनतम १० कित्ता र अधिकतम ३० कित्तासम्म पाउने छन्। कम्पनीले सर्वसाधारणको लागि ४९ लाख ८२ हजार २५० कित्ताको शेयर निष्कासन गरेको थियो।

साञ्जेन जलविद्युत कम्पनी लिमिटेड र रसुवागढी हाइड्रोपावर कम्पनी लिमीटेडले बैशाख ६ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निश्कासन गरेका थिए । साञ्जेनको आइपिओ निश्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष रहेको छ भने रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ ।