सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ६५ पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा रहेको छ ।

यस्तै आज युरोको भाउ खरिद दर १४१ रुपैयाँ ५१ पैसा र बिक्री दर १४२ रुपैयाँ १६ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ७३ पैसा र बिक्री दर ८९ रुपैयाँ १४ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६५ रुपैयाँ ४९ पैसा र बिक्री दर १६६ रुपैयाँ २४ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १० पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५३ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ६६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १० पैसा र बिक्री दर ३५ रुपैयाँ २६ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।