एन आई सी एशिया बैंकको क्यूआर मर्चेण्ट योजना


एन आई सी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यू आर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको योजना सार्वजनिक गरेको छ ।

“क्यू आर मर्चेण्ट एक्टिभेसन” नामक योजना सार्वजनिक गरेको योजना असार मसान्तसम्म सञ्चालन हुने बैंकले जनाएको छ । डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्‍याउन यस्तो अफर ल्याइएको बैंकले जनाएको छ ।

असार मसान्तसम्म पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुने बैंकले जनाएको छ । देशभर २ लाखभन्दा बढी मर्चेन्टहरूमाझ उपस्थिती जनाइसकेको बैंकले क्यू आर भुक्तानीलाई प्रोत्साहन गर्न विभिन्न कम्पनीहरूसँगको समझदारीमा पहिलो पटक कारोबार गर्ने मर्चेन्टहरूलाई सम्बन्धित साझेदार कम्पनीहरू मार्फत लाभको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

योजना अनुसार यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट २ हजार बराबरका १० वटा ह्याम्पर, ट्रिकोट इण्डष्ट्रीजको तर्फबाट पाँच पाँच हजार रुपैयाँ बराबरको १०० वटा भौचर उपलब्ध गराइने बैंकले जनाएको छ । साथै हार्ड रक क्याफेको तर्फबाट १० वटा ननभेज बीबीक्यूको भौचर, बिग डिजिटलको तर्फबाट एक एक थान राइस कुकर, ब्रेकफास्ट मेकर तथा ह्याण्ड ब्लेण्डर र सिजी डिजिटलको तर्फबाट एक एक थान क्स्चिर ग्राण्डर, आइरन र इण्डक्सन कुकर उपलब्ध हुने बैंकले जनाएको छ ।

यसका अलावा ट्राङ्कुलिटी स्पाको ५० वटा भौचर, अगेनो सेकुवाको तर्फबाट एक एक हजारका ४ वटा भौचर, हुकुट स्टोरको तर्फबाट ६ वटा घडी एवं २ वटा इयरबड, कुटुम्ब होटलको तर्फबाट दुई दुई हजारका ५ वटा भौचर, अपटाउन रेष्टुरेन्टको तर्फबाट एक हजार पाँच सय बराबरको ५ वटा भौचर र स्क्वायर होटलको तर्फबाट दुई-दुई हजारका ३ वटा भौचर प्रदान गरिने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

उल्लेखित अफरहरु बैंकले २०० मर्चेन्टहरूको कारोबार रकम र कारोबार संख्याका आधारमा छनौट गर्नेछ भने समझदारी प्रदान गरेका कम्पनीहरूले हस्तान्तरण गर्नेछन् । यसै योजना अनुसार यस बैंकले राखेको फोन पे क्यू आरबाट असार मसान्तसम्ममा पहिलो क्यू आर भुक्तानी लिने सबै मर्चेन्टहरूले एक पटक वा पटक पटक गरी २०० भन्दा माथिको भुक्तानी लिँदा कुल १०० क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकको क्यू आर मर्चेन्ट बन्न चाहने व्यवसायी तथा कम्पनीहरूले बैंकको वेबसाइटमा गइ आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।