नेपाल रिपब्लिक मिडियाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


नेपाल रिपब्लिक मिडियाले जेठ २६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि निष्काशन आइपीओ गरेको आइपीओमा आजसम्म मात्र आवेदन दिन सकिने छ ।

कम्पनीले जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९ प्रतिशत बराबरको १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन गरेको हो ।

जसमध्ये १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरु र २ लाख १७ हजार ६५० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ भने सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सर्वसाधारणमा सेयर जारी हुने सेयरको दश प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ३५ हजार ३०० कित्ता सेयर जारी गरेको थियो ।

कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँडफाँड नभएको ९३ हजार ९६१ कित्ता सेयर सहित गरी कुल ३६ लाख १९ हजार ८९१ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको हो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।

यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।