बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ ५० पैसा र बिक्री दर १३२ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तै आज युरोको भाउ खरिद दर १४१ रुपैयाँ ९८ पैसा र बिक्री दर १४२ रुपैयाँ ६३ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १० पैसा र बिक्री दर ८९ रुपैयाँ ५० पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६५ रुपैयाँ २६ पैसा र बिक्री दर १६६ रुपैयाँ ०२ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ०६ पैसा र बिक्री दर ३५ रुपैयाँ २२ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।