कुमारी बैंकले साढे २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै


कुमारी बैंकले २ लाख ६८ हजार ९४९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

बैंकले अम्बर बहादुर तामाङको नाममा ४५ हजार ८१९ कित्ता, दिपक लामाको नाममा रहेको १ लाख ६ हजार ९११ कित्ता र मेनका लामाको नाममा रहेको १ लाख १६ हजार २१९ कित्ता सेयर गरी जम्मा २ लाख ६८ हजार ९४९ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर बिक्रीका लागी संस्थापक सेयरधनीलाई प्राथमिकता दिइएको छ । अन्य व्यक्ति संस्था वा कम्पनीले उक्त सेयरमा आवेदन दिन सक्ने छैनन् । सेयर खरिद गर्न चाहनेले आज जेठ ३१ गतेदेखि ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

लगानीकर्ताले के कति दररेटमा सेयर खरिद गर्ने हो सो उल्लेख गरी बैंकको केन्द्रिय कार्यालय टंगाल काठमाण्डौंमा आवेदन दिन सक्नेछन् ।बोलपत्र पेश गर्दा कति कित्ता खरिद गर्ने हो सोको अंक र अक्षरमा स्पष्ट लेख्नुपर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।