सुनचाँदीको भाउमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?


नेपालमा बुधबार सुन चाँदीको भाउमा गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको कारोबारको आधारमा सुनको भाउ घटेको हो ।

मंगलबार १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज सुनको भाउ ९ सय रुपैयाँले घटेको हो ।

यस्तै आज तेजावी सुनको भाउमा पनि सामान्य ९ सय रुपैयाँले नै गिरावट आएको छ । आज तेजावी सुनको भाउ १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ । हिजो तेजावी सुनको भाउ १ लाख १२ हजार १५० रुपैयाँ कायम गरेको हो ।

हिजोको तुलनामा चाँदीको भाउ आज २५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको भाउ १ हजार ४५० रुपैयाँमा कायम थियो । आज भने सुनको भाउ १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४९ दशमलव २४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ८५ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।