अगम फूडलाई आइपीओ निकाष्शन गर्न एनआईसी एशिया क्यापिटलले सहयोग गर्ने


एनआईसी एशिया क्यापिटलले अगम फूड इण्डष्टि प्रा.ली.लाई पब्लिक कम्पनीमा परिणत गराइ आइपीओ निष्कासन गरिदिनेसम्मको सेवा प्रदान गर्ने भएको छ ।

मंगलबार भएको सम्झौता अनुसार अगम फूड इण्डष्ट्रि प्रा.लि.लाई क्यापिटलले संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवाबाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने लगायत आइपीओ निष्कासन गरिदिनेसम्म सेवा दिने भएको हो ।

क्यापिटलले ‘IDEA to IPO’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई आइपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

अगम फूड इण्डष्ट्रि प्रा.लि. नेपालको सबैभन्दा ठुलो स्टीम राइस मिल उद्योग मध्ये एक हो । उक्त राइस मिल उद्योग सन् २००५ देखि भरतपुर वडा नं. १३, चितवनमा उद्योग स्थापना गरी नियमित रुपमा आफ्नो उत्पादन देशको विभिन्न भु–भागमा बिक्री वितरण गर्दै आइरहेको छ ।

स्वदेशी किसानहरुबाट धान खरिद गरी चामल उत्पादन गरी चामलको आयात घटाइ राष्टिय अर्थतन्त्रलाई बढोक्तरी दिने मुख्य उद्देश्यका साथ संचालन गरिएको अगम फूड इण्डष्ट्रिले आगामी दिनमा अत्याधुनिक प्रविधिको प्रयोग मार्फत आफ्नो उत्पादनलाई नेपालभर विस्तार गरी उपभोक्ताहरुलाई सहज, सर्वसुलभ, गुणस्तरीयका साथै सुपथ मुल्यमा चामल लगायत अन्य उत्पादनहरु उपलब्ध गराउने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।