सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


स्थानिय बजारमा सुनको भाउ ८ सय रुपैयाँले बढेर छ । बिहीबार ८ सय रुपैयाँले घटेको सुनको भाउ शुक्रबार पुनः ८ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको भाउ १ लाख ११ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो छापावाला सुनको भाउ १ लाख ११ हजार रुपैयाँ कायम गरिएको थियो ।

यसैबिच तेजावी सुनको भाउ १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुनको भाउ १ लाख १० हजार ४५० रुपैयाँ तोकिएको छ ।

यता हिजोको तुलनामा चाँदीको भाउ आज २० रुपैयाँले बढेको छ । हिजो २० रुपैयाँ घटेको चाँदीको भाउ आज पुनः २० रुपैयाँ बढेको हो । शुक्रबार चाँदीको भाउ १ हजार ४२५ रुपैयाँमा कायम गरिएको छ । हिजो चाँदी १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९५५ दशमलव २ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २३ दशमलव ८७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।