बाढीले सवाखोला लोहाकोट विजुवापानी आयोजना बगायो


बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित एघार करोड ११ लाख आठ हजार नौ सय २७ रुपैयाँको लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पु¥याएको हो ।

बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्याङ्की बगाएको छ भने त्यहाँ निर्माण गरिएको घर पनि पुरिएको छ । चैनपुर नगरपालिका–११ मा रहेको यो आयोजनाबाट तीन सय ८६ मध्ये १०० परिवारले पानी उपभोग गर्न थालेका थिए । खोलामा आएको बढीले आयोजनालाई क्षति पु¥याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले जानकारी दिए ।

निर्माणको अन्तिम चरणमा रहेको आयोजनामा क्षति पुगेपछि समस्या थपिएको उनको भनाइ थियो । ‘‘सवा खोलामा आएको बाढीले आयोजनाको काममा पूर्णरुपमा क्षति पुगेको छ’’ प्रमुख सिंहले भने,‘‘खोला किनारमा रहेका संरचना बनाएको छ, क्षतिको पूर्णविवरण आउन बाँकी छ । अनुमानित डेढ करोड रुपैयाँभन्दा बढीको क्षति भएको अवस्था छ ।’’

आर्थिक वर्ष २०७५\७६देखि यो योजनाको निर्माण थालिएको हो । बाढीले पानी तान्ने ठाउँमा रहेको सम्पूर्ण उपकरण तथा संरचनामा क्षति पु¥याएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए । ‘‘बढीले खानेपानी सञ्चालनमा अवरोध भएको छ’’ उनले भने, ‘‘खोला किनार रहेको कुनै पनि संरचना बाँकी छैनन् । सबै पुरिएको अवस्था छ । बाढीका कारण करोडौँको क्षति भएको अवस्था छ ।’’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ असार २०८०, सोमबार  १३ : २५ बजे