नवलपरासीको दलदलेमा एभरेष्ट बैंकको शाखा सञ्चालनमा


एभरेष्ट बैंक लिमिटेडले नवलपरासीको दलदलेमा १२६ औं शाखा सञ्चालनमा ल्याएको छ ।

देवचुली नगरपालिका १३ का वडाध्यक्ष एकदेव पौडेलका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ देवचुली नगरका वरिष्ठ उपाध्यक्ष तेजप्रसाद न्यौपाने, सशस्त्र प्रहरी बलका निरीक्षक विनोद पौडेल, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधीर गौतमका साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य व्यक्तिहरुको उपस्थिति थियो ।

वडाध्यक्ष पौडेलले दलदलेमा एभरेष्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।