मासिक ४९ हजार रुपैंया किस्तामा कियाको स्पोर्टेज कार


कियाको स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ कार सरल किस्ताबन्दीमा पाइने भएको छ ।

नेपालका लागि कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो ।

यो योजना अन्तर्गत मासिक किस्ता ४८ हजार ३८० रुपैयाँ (न्यूनतम) तिरेर कियाको स्पोर्टेज कार किन्न सकिन्छ । शून्य प्रतिशत ब्याजदरको यो किस्ताबन्दी योजनामा सहभागी भई स्पोर्टेज कार किन्न ५० प्रतिशत मात्र डाउन पेमेन्ट गर्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

बाँकी रकम आठको अवधिमा किस्ताबन्दीमा भुक्तान गर्न सकिनेछ । किस्ताबन्दी योजना जनवरी १५ सम्मका लागि ल्याइएको हो ।

देशभर छरिएर रहेका कियाका जुनसुकै आउटलेटबाट एसयुभी खरिद गर्दा किस्ताबन्दी सुविधा पाइने कम्पनीले जनाएको छ । यो गाडी कन्टिनेन्टलले कोरियाबाटै आयात गरेर नेपालमा बिक्री वितरण गरिरहेको छ ।

राजधानी उपत्यकामा गैरीधारा, महाराजगन्ज र जावलाखेलमा कियाका आउटलेट छन् ।