नेप्सेमा साढे २६ अंकको गिरावट, कारोबारमा निफ्रा अब्बल

0
Shares

सेयर बजारमा मंगलबार २६.५६ अंकको गिरावट आएको छ । यसअघि निरन्तर वृद्धि हुँदै आएको नेप्सेमा सोमबार करिब ३ अंकको गिरावट आएकोमा मंगलबार थप गहिरिएको हो ।

अल्पकालीन लगानीकर्ताले बढ्दो बजारबाट नाफा सुरक्षित गर्दा नवप्रवेशी लगानीकर्ता भने ‘पर्ख र हेर’ को अवस्थामा नै छन् । यसले आगामी दिनमा नेप्सेले लिने दिशाले बजारबाट जोखिम हुने वा नाफा के हुने भन्ने नाक्र्यौल गर्नेछ ।

मंगलबार नेप्से साढे २६ अंकको गिरावटसँगै २०६४ दशमलव ८३ बिन्दुमा बन्द भएको छ । आज बजारमा २६८ स्क्रिप्टको १ करोड ७ लाख ९२ हजार ७४२ कित्ता सेयर ६३ हजार ९५० वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ११ करोड ६ लाख ६ हजार ९५४ रुपैयाँमा समेटिएको छ । सोमबार २७६ स्क्रिप्टको १ करोड २९ लाख ७५ हजार १६८ कित्ता सेयर ६९ हजार १६८ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ७४ करोड ६ लाख ८ हजारको काराबोर भएको थियो । अघिल्लो दिनको तुलनामा ६३ करोडले कारोबार घटेको छ ।

आज कारोबारमा आएका २६८ मध्ये ४६ कम्पनीको सेयरमूल्य बढेको छ भने २१२ कम्पनीको घट्दा १० कम्पनीको स्थीर रहेको छ । कारोबार रकमका आधारमा नेपाल इनफ्रास्टक्चर बैंक (निफ्रा) शीर्ष स्थानमा रहेको छ । उक्त बैंकको २० करोड ५७ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा आएका तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । उता पौने ४ लाख कित्ता एफपीओ बजारमा थपिएसँगै युनिक नेपाल लघुवित्तको लगातार दोस्रो दिन पनि सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको सेयरमूल्य २० प्रतिशत घट्न पुगेको छ ।

इङ्वा हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट

अधिकांश उपसमुहगत सूचक ऋणात्मक

मंगलबार कारोबारमा आएका तीन बाहेक दश उपसमुहगत सूचक घटेका छन् । लगानी, उत्पादन र ब्यापार सामान्य बढ्दा फाइनान्स सर्वाधिक ३.७० प्रतिशतले घटेको छ । यस्तै हाइड्रोपावर, जीवन बीमा, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीम र अन्य २ प्रतिशतभन्दा बढीले घटेको छ ।

तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक र एकमा नकारात्मक सर्किट

नेप्सेमा गिरावट आएपनि आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन सिटि होटल लिमिटेड, बिपीडब्लू लघुवित्त, र इङ्वा हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

यस्तै ग्लोबल ब्यालेन्स्ड फन्ड–१ को ३.८७ प्रतिशत, ग्रीन भेञ्चर लिमिटेड ३.८४ प्रतिशत, निफ्रा ३.१३ प्रतिशत, मैलुङ्ग खोला जलविद्युत २.७० प्रतिशत, एनएमबि–५० को इकाईमूल्य २.५० प्रतिशत, एनएमबि बैंकको २.३७ प्रतिशत र इमर्जिङ्ग नेपाल लिमिटेडको २.२७ प्रतिशतले सेयरमूल्य बढेको छ ।

उता युनिक नेपाल लघुवित्तको सेयर मूलयमा लगातार दोस्रो दिन पनि नकारात्मक सर्किट लागेर १२२२ रुपैयाँ ९० पैसामा झरेको छ । यस्तै सानिमा इकवीटी फन्डको इकाईमुल्य ८.८९ प्रतिशत, महुली लघुवित्त ७.४८ प्रतिशत, मल्टिपपर्स फाइनान्स ६.३० र श्री इन्भेष्टमेन्ट फाइनान्सको ६.०१ प्रतिशतले सेयरमूल्य घटेको छ । यस्तै उपकार लघुवित्त, मकर जितुमाया सुरु हाइड्रोपावर, सानिमा इक्वीटी फन्डको इकाई, पाँचथर पावर र वीन नेपाल लघुवित्तको ५ प्रतिशतले घटेको छ ।

कारोबारमा निफ्रा अब्बल

मंगलबार कारोबार रकमका आधारमा नेपाल इनफ्रास्टक्चर बैंक (निफ्रा) शीर्ष स्थानमा रहेको छ । उक्त बैंकको २० करोड ५७ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै शिवम् सिमेन्टसको १९ करोड ४४ लाख २७ हजार रुपैयाँँ, हिमालयन डिष्टिलरीको १३ करोड५९ लाख ८८ हजार, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड ६० लाख ६९ हजार र शिवश्री हाइड्रोपावरको ११ करोड ५७ लाख २ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबार संख्याका आधारमा आजैदेखि दोस्रो बजारमा कारोबार खुलेको इङ्वा हाइड्रोपावरको सर्वाधिक ४४९६ वटा कारोबार भएको छ । निफ्राको ८ लाख ४९ हजार ३९६ कित्ता सेयर खरिद बिक्री हुँदै कारोबार कित्ताका आधारमा शीर्ष स्थानमा छ ।

मंगलबारको कारोबारपछि समग्र बजार पूँजीकरण ३० खर्ब २२ अर्ब १२ लाख ८२ हजार रुपैयाँमा झरेको छ । अघिल्लो दिन सोमबार ३० खर्ब ६१ अर्ब ५३ लाख रुपैयाँमा समेटिएको छ । अघिल्लो दिनको तुलनामा ३९ अर्ब ४० करोडले बजार पुँजीकरण घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।