नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज बुधबार असार ६ गते अन्तिम दिन हो । कम्पनीले असार १५ गते हुने आठौं वार्षिक साधारण साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार ७ गते बुकक्लोज गर्दैछ । तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ।

नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ४.७५% बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२५% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभामा कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।