नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आइतबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा र बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ ।
यस्तै आज युरोको भाउ खरिद दर १४२ रुपैयाँ २९ पैसा र बिक्री दर १४२ रुपैयाँ ९४ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६६ पैसा र बिक्री दर ८८ रुपैयाँ ०७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
यता बेलायती पाउण्ड आज एकको खरिद दर १६६ रुपैयाँ ५८ पैसा र बिक्री दर १६७ रुपैयाँमा ३४ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९५ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ रहेको छ र बिक्री दर २८ रुपैयाँ १३ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९१ पैसा र बिक्री दर ३५ रुपैयाँ ०७ पैसा रहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया