गत साता ३८ सयले घटेको सुनको भाउ यो साता सामान्य महँगियो


काठमाडौँ । नेपाली बजारमा यो साता सुनको भाउ महँगिएको छ । गत साता ३ हजार ८०० रुपैयाँले घटेको सुनको भाउ यो साता भने ९०० रुपैयाँले महँगिएको हो ।

गत शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसको एक हप्तापछिको शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेर २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार पनि सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार भने सुनको मूल्य स्थिर रहेको छ ।

बुधबार भने सुन तोलामा ८०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुन तोलामा ५०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार भने सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ कायम भई यो साताका लागि कारोबार बन्द भएको हो ।

यो साता चाँदीको मूल्यमा भने उत्तरचढाव कायमसँगै गिरावट आएको छ । गत साताको शुक्रबारको तुलनामा यो शुक्रबार सम्ममा चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो ।

महासंघका अनुसार गत शुक्रबार प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी यो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ४ हजार ४०५ रुपैयाँमा झरेको हो ।

साताको पहिलो कारोबार दिन आइतबार चाँदी तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार भने चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४०५ रुपैयाँ कायम भई यो साताको कारोबार बन्द भएको हो ।

प्रकाशित मिति: २४ आश्विन २०८३, शनिबार  ०९ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।