चिलिमे ईन्जिनियरिङले प्रिमियममा आईपीओ निष्कासन गर्ने

0
Shares

चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडले सर्वसाधारणको लागि २ लाख ९७ हजार ५०० कित्ता साधारण सेयर प्रिमियममा मूल्यमा निष्कासन गर्ने भएको छ ।

जसका लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ।

असार ६ गतेका दिन सिद्धार्थ क्यापिटल लिमिटेडको नक्साल, काठमाडौं स्थित कार्यालयमा चिलिमे ईन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रजेश बिक्रम थापा र सिद्धार्थ क्यापिटलको तर्फबाट सन्दिप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरको हुन ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।