‘कर्पोरेट पे’ मार्फत जेठमा ५० अर्ब बढीको कारोबार, एघार महिनामा ४२१ अर्ब

0
Shares

नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालन गरेको ‘कर्पोरेट पे’ मार्फत जेठ महिनामा ५० अर्ब बढीको कारोबार भएको छ ।

जेठ महिनामा ‘कर्पोरेट पे’ मार्फत भएको कारोबार कर्पोरेट पे सञ्चालनमा आए देखिको अहिले सम्मकै उच्च मासिक कारोबार रकम हो ।

कर्पोरेट पे मार्फत गत आर्थिक वर्षमा कुल १०९ अर्ब ५० करोड बराबरको भुक्तानी कारोबार फछर््यौट भएको थियो । तर चालु आवको जेठ मसान्तसम्म कर्पोरेट पे मार्फत ४२१ अर्ब भन्दा बढिको भुक्तानी कारोबार पछर््यौट भइसकेको छ । गत आवको तुलनामा यो आवमा कर्पोरेट पे मार्फत कारोबार ह्वात्तै बढेको हो ।

बैंक÷वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा ‘कर्पोरेट पे’ मार्फत डिजिटल भुक्तानी गर्न सक्ने हुँदा यसको कारोबार संख्या दुई गुणाले वृद्धि भएको हो ।

हाल शैक्षिक संस्थाहरु, कन्स्ट्रक्शन कम्पनीहरु, ट्राभल व्यवसायीहरु, रिटेल व्यवसायीहरु लगायतका विभिन्न संस्थागत ग्राहकहरुले भुक्तानीका लागि कर्पोरेट पे प्रयोग गर्दै आएका छन् । ४७ बैंक वित्तिय संस्थाहरु मार्फत उक्त प्रणाालीमा बैंक/वित्तीय संस्थाका ७ हजार ७ सय भन्दा बढि व्यावसायिक ग्राहकहरु आबद्ध भई कारोबार गर्दै आएका छन् ।

एउटै प्ल्याट्फर्ममा एक भन्दा बढि बैंक खाताहरु लिन्क गरी कारोबार गर्न सक्ने व्यवस्था रहेको यस प्रणाली मार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायत नेपाल आयल निगम, भन्सार विभाग, बीमा समिति, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानीहरु उपलब्ध रहेका छन् । साथै यस प्रणालीमा युटिलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, फण्ड म्यानेजमेन्ट लगायतको थप सुबिधा रहेको छ ।

प्रणालीमा रियल टाइममा प्रति कारोबार २० लाख सम्म र नन–रियल टाइम कारोबारको हकमा २० करोड सम्म गर्न सकिन्छ । उक्त प्रणाालीमा व्यावसायिक ग्राहकहरुलाई भुक्तानी कारोबार सुरक्षित रुपमा गर्नको लागि आवश्यक मल्टि फ्याक्टर अथेन्टीकेसन तथा अथोराइजेसनको व्यवस्था रहेको छ ।

साथै व्यावसायिक ग्राहकहरुले बैंक खाता, रकम वा कारोबारको किसिममा आधारित विभिन्न खाता सञ्चालनका आदेशहरू सेट गरी उच्च स्तरको नियन्त्रण र जोखिम व्यवस्थापन पनि गर्न सक्दछन् ।

अनलाइन रजिष्ट्रेसनका लागि बैंक/वित्तीय संस्थाका व्यवसायिक ग्राहकहरुले कर्पोरेटपे डट कनेक्टआइपीएस डट कममा गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गरी, कम्पनीको आवश्यक्ता अनुरुप प्रयोगकर्ताको विवरण र बैंक खाता सम्बन्धी विवरण दाखिला गरी एक पटक अनलाइन रजिष्ट्रेसन प्रकृया पूरा गर्न सक्छन् । अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक/वित्तीय संस्थाले उपलब्ध गराएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।