बीमाको दावी भुक्तानी सहज गर्न यातायात व्यवसायीको माग

0
Shares

नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशले बीमाको दावी भुक्तानी प्रदेश कार्यालयबाट लिन मिल्ने व्यवस्था गर्न माग गरेको छ ।

महासंघले आज विज्ञप्ती जारी गर्दै सबै बीमा कम्पनीले आ–आफ्नो प्रदेश स्तरिय कार्यालयको व्यवस्था गर्न माग गरेका हुन् । प्रदेश कार्यालयबाट हाललाई २५ लाख सम्मको दावी फछ्यौट भुक्तानी दिन सक्ने व्यवस्था हुनु पर्ने उनीहरुको माग छ ।

अन्यौल र असजिलो परिस्थितीलाई सहजिकरण गर्दै बीमा व्यवसाय भरपर्दो, विश्वासिलो बनाउन आवश्यक भएकोले बीमा प्राधिकरणबाट स्पष्ट नीतिको तर्जुमा तथा विमक–विमित विच विश्वसनियता कायम गराउनका आग्रह गरेका हुन् ।

घाइतेको उपचार खर्च थप भुक्तानीका लागि बीमा शुल्कमा आवश्यक भए थप शुल्क निर्धारण गरि सामान्य घाईतेको उपचार खर्च ३ लाख बाट बृद्धि गरि ५ लाख सम्म र हेड इन्जुरी तथा स्पाईनल ईन्जुरी भएका दिर्घरोगी घाईतेका लागि १० लाख सम्म दावी भुक्तानी गर्न सकिने व्यवस्थाका लागि उनीहरुले माग गरेका छन्।

यस्तै व्यापक बीमा गरेको सवारी साधन क्षति भएमा सो को सबै मर्मत खर्च कम्पनी/प्रा.लि हरुले गरि दिने व्यवस्था भएकोले सो वापतको दावि भुक्तानी रकम सवारी धनि वा ऋणीको सहमतिमा कम्पनि प्रा. लि हरुलाई भुक्तानी गर्ने व्यवस्था हुनुपर्ने माग उनीहरुले गरेका छन् ।

सवारी दुर्घट्नामा ३ लाख सम्मको नोक्सानी तथा क्षति भएमा सर्भेयर नखटाई शाखा कार्यालयका कर्मचारीद्धारा मुल्यांकन गरि यथाशक्य चाँडो भुक्तानी गर्ने व्यवस्था हुनुपर्ने लगायतको माग व्यवसायीको छ ।

दुर्घट्नामा परि कुनै मानिसको मृत्यु भएमा (वेवारिसे मानिस भएपनि) चालक प्रहरी हिरासतमा रहि कानुनी प्रकृया अघि बढेको अवस्थामा दुर्घट्ना भएको जानकारी प्राप्त भएको ७ दिन भित्र मृतकको क्षतिपूर्ति वापतको प्रति व्यक्ति ५ लाख पेश्की का रुपमा उपलब्ध गराउने र बाँकी रहेको क्षतिपूर्ति वापतको अन्य रकम आवश्यक कागजात पेश गरेको २१ दिन भित्र भुक्तानी दिने व्यवस्था गर्न आग्रह गरेको छ ।

यस्तै सबै प्रकारका सवारीको विमा नविकरण गर्दा यात्रु/मजदुर को बीमा शुल्कमा १० प्रतिशत छुट दिने व्यवस्था हुनुपर्ने माग राखेका छन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।