सुनको भाउमा गिरावट


छापावाला सुनको भाउमा गिरावट आएको छ । मंगलबार २ सय रुपैयाँले बढेको सुनको भाउमा आज भने ६ सय रुपैयाँले गिरावट आएको हो ।

आज छापावाला सुनको भाउ १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाला सुनको भाउ १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ १ लाख १० हजार ५० रुपैयाँ निर्धारण गरिएको थियो ।

यता हिजोको तुलनामा आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही भाउमा कारोबार गरिएको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९१५ दशमलव ५२ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ९१ डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।