सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन

0
Shares

सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सेयर मूल्य समायोजन भएको छ ।

सामुदायिक लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १०२१ रुपैयाँ ८२ पैसा समायोजित सेयरमूल्य तोकिएको हो । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १ हजार १२४ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

बोनस समायोजनपछि तोकिएको मूल्य अनुसार अब कम्पनीको आइतबार सेयर कारोबार खुल्नेछ । सरकारले बिहीबार बकर इदको अवसरमा सार्वजनिक विदा दिएकाले अब आइतबार मात्रै सेयर कारोबार हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।