महालेखाले उठाउनुपर्ने कर किन नउठाएको भनेपछि त्यसलाई काट्ने मेरो हैसियत छैन: अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर प्रिमियम आम्दानीबाट बोनस लाभांश वितरण गर्दा र मर्जरबाट भएको लाभमा लाग्ने आयकर लाग्दैन भन्ने निर्णय आफुबाट हुनु नसक्ने बताएका छन् । उनले महलेखाले उठाउनुपर्ने कर किन नउठाएको भनेपछि त्यसलाई काट्ने आफ्नो हैसियत नभएको बताएका हुन ।

सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा र मर्जरमा भएको लाभमा तिर्नुपर्ने करमा आर्थिक विधेयक मार्फत दिइएको छुटको व्यवस्था भुतप्रभावी नभएको उनले बताए। “बैंकर साथीहरुले भुतप्रभावी भयो भनेर हल्ला गरेको अवस्था छ,” उनले भने,“महालेखाले तिर्नु पर्ने हो किन नउठाउको भनेको अवस्था छ, मैले त्यसलाई काट्ने हैसियत छ ? काट्न सक्छु ? तपाइहरुले नै प्रश्न गर्नु हुन्छ ।”

हिजोको कर उठाउनका लागि आज कानुनी व्यवस्था गरेको नभई दुबै शिर्षकको कर तिर्न प्रेरित गर्न आगामी मंसिर सम्म तिरे शुल्क र ब्याज छुटको व्यवस्था थपेको मन्त्री महतले बताए ।

“कोही न कोही रिसाइ हाल्छन,” उनले भने,“निर्णय गरीसकेपछि कोही पनि नरिसाउने भन्ने हुन्छ र ? कतिलाइ तिर्ने नपरोस भन्ने छ । तिर्नु प्रयो भन्दा रिसाउने त भए नी ।” त्यसका यसको आवश्यक छानवीन हुनुपर्ने बताउँदै उनले अदालतले कर नलाग्ने हो भन्यो भने हामीले त्यसलाई विरोध गर्ने कुरा नभएको उनले बताए ।

अर्थमन्त्रीले प्रस्तुत गरेको आर्थिक विधेयक माथि विचार गरियोस भन्ने प्रस्तावलाई समेत संसदले पारित गरेको छ । प्रस्ताव पारित गर्ने क्रममा एमाले सांसद महेश बर्तौलाले गणपुरक संख्या नपुगेको भनेपछि सोही अनुसार सभामुखले गणपुरक संख्या भए नभएको एकिन दिलाएका थिए । गणपुरक संख्या ६९ जना हुनु पर्नेमा हालमा रहेका सदस्य संख्या ७६ जना रहेको भनेपछि बैंठक अघि बढेको थियो।

गणपुरका संख्याको परिक्षणपछि आर्थिक विधेयक माथि विचार गरियोस भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त विधेयकको दफावार छलफलका लागि असार १७ गते आइतबार तोकिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।