सुनको भाउमा वृद्धि, चाँदीमा गिरावट


छापावाला सुनको भाउ वृद्धि भएको छ । बिहीबार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज २ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको भाउ १ लाख ९ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । हिजो छापावाला सुनको भाउ १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ १ लाख ८ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

यता हिजोको तुलनामा आज चाँदीको भाउ १० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो १ हजार ३७० रुपैयाँ कारोबार गरिएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।