स्टक ब्रोकर नम्बर ५८ नासा सेक्यूरिटिजको तेस्रो शाखा पोखरामा

0
Shares

नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त नासा सेक्यूरिटिज कम्पनी लिमिटेड (स्टक ब्रोकर नम्बर ५८) ले आफ्नो सेवा विस्तारको क्रममा पोखरामा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले असार १५ गते शुक्रबारदेखि पोखरा ८ न्यूरोडस्थित न्यूरोड कम्प्लेक्सको तेस्रो तल्लामा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

एक समारोहका बीच उक्त शाखा कार्यालयको समुद्घाटन नासा सेक्यूरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले गरेका थिए ।

सो समारोहमा पोखरा शाखाका शाखा प्रबन्धक सागर सेढाईंले अन्य स्थानहरुमा जस्तै पोखरामा पनि राम्रो सेवा दिने बताए । उनले सो शाखा कार्यालयमार्फत धितोपत्र खरिदबिक्री, डिपी सेवा तथा मार्जिन ट्रेडिङ्गको सेवा प्रदान गर्ने जानकारी पनि दिए ।

यस अघि नासाले काठमाडौँको नक्सालस्थित प्रमुख कार्यालय तथा विरगञ्ज र जनकपुर शाखा कार्यालयबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।