प्रोगेशिभ फाइनान्सको सीईओमा अनिल श्रेष्ठ

0
Shares

प्रोगेशिभ फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अनिल श्रेष्ठ नियुक्त भएका छन् ।

संस्थाको २०८० साल असार १४ गते बसेको सञ्चालक समितिको ५०३ औं बैठकको निर्णय अनुसार श्रेष्ठलाई फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको कम्पनी सचिव रुविश श्रेष्ठले जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत नियुक्ति भएका श्रेष्ठ असार १५ गते देखि लागू हुने गरी ४ वर्षको लागि करार सेवामा नियुक्त भएका हुन् ।

वित्तीय अवस्था कमजोर रहेको फाइनान्समा श्रेष्ठले कस्तो पफमेन्स दिन्छन् त्यो भने हेर्न बाँकी छ । चालु आवको तेस्रो त्रैमाससम्म वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ बढी ऋणात्मक रहेको फाइनान्सको लाभांश कोष ९ करोड बढी नोक्सानीमा रहेको छ । यो अवस्थाले फाइनान्सले यो वर्ष पनि लाभांश वितरण गर्नसक्ने अवस्था देखिँदैन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।