प्रतिनिधिसभा बैठकमा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुँदै


प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक विधेयकमाथि छलफल हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विद्येयक २०८० माथी छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आजै आर्थिक विधेयक–२०८० पारित गरियोस् भन्ने प्रस्ताव गर्ने कार्यसूची रहेको छ । आजै उनले राष्ट्र ऋण उठाउने विधेयक–२०८० माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गर्नेछन् ।

त्यसमाथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिएपछि विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । विनियोजन विधेयक यसअघि नै पारित भइसकेको छ ।  यी विधेयक पारिस भएपछि बजेट कार्यान्वयनको बाटो खुल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।