सुनको भाउमा लगातार वृद्धि, चाँदीको मूल्य पनि बढ्दै


छापावाला सुनको भाउमा लगातार वृद्धि भइरहेको छ । शुक्रबार २ सय रुपैयाँले बढेको सुनको भाउ आइतबार पुनः ५ सय रुपैयाँले बढेको हो ।

आज छापावाला सुनको भाउ आज १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुनको भाउ १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुनको भाउ १ लाख ९ हजार १ सय रुपैयाँ निर्धारण गरिएको थियो । आज तेजावी सुनको भाउ ४५० रुपैयाँले बढेको हो ।

यता हिजोको तुलनामा आज चाँदीको भाउ १० रुपैयाँले बढेको छ । आज चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो १ हजार ३६० रुपैयाँ कारोबार गरिएको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९१९ दशमलव ५४ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ७७ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।