विजय लघुवित्त र नयाँ सारथी लघुवित्तले पाए मर्जरको अन्तिम स्वीकृति

0
Shares

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेका छन् ।

विजय लघुवित्तको प्रमुख कार्यकारी अधिकृत बस्नत लम्सालका अनुसार नियामक नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागबाट असार १५ गते दुई लघुवित्तलाई मर्जरमा जानका लागि अन्तिम स्वीकृति प्राप्त भएको हो ।

गाभ्ने–गाभिने दुबै संस्थाले आ–आफ्नो साधारण सभाबाट निर्णय गरे बमोजिम विजय लघुवित्त र नयाँ सारथी लघुवित्त १ः१ सेयर स्वाप अनुपातमा मर्जरमा गएका हुन् । गाभिएर कायम हुने संस्थाको केन्द्रीय कार्यालय धुलिखेल नगरपालिका वडा नम्बर ३, काभ्रेपलान्चोकमा रहनेछ ।

राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको पत्र प्राप्त गरेको एक महिनाभित्र दुबै संस्था एक आपसमा गाभिएर एकीकृत रुपमा वित्तीय कारोबार सुरु गरिसक्नु पर्नेछ । सो अवधिभित्र गाभ्ने–गाभिने दुबै संस्थाको तथ्याङ्कलाई एकीकृत गरी गाभिएको दिनदेखि एउटै सफ्ट्वेयरबाट वित्तीय कारोबार गर्ने व्यवस्था मिलाउनुपर्नेछ । साथै, गाभिए पश्चात् एकीकृत वित्तीय विवरणहरू तयार गरी (गाभिएको दिनको समेत) बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागका साथै कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायत अन्य सम्बन्धित निकायहरूलाई जानकारी दिनुपर्नेछ ।

गाभ्ने–गाभिने दुबै संस्थाहरुको अन्तिम दिनसम्म कायम रहेको लेखामा उल्लेख भएको मूल्यमा सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु समायोजन गरी गाभिएर कायम हुने संस्थाको हिसाबमा लेखांकन गर्नुपर्नेछ । यसपछि गाभ्ने–गाभिने दुबै संस्थाहरुबाट भए गरेका काम कारवाहीहरु गाभिएर कायम हुने संस्थाबाट भए गरेको मानिनेछ । साविकका दुबै संस्थाले गाभिनु अघि गरेका करारीय दायित्वको कार्यान्वयन समेत गाभिएपछिको संस्थामा सर्ने राष्ट्र बैंकले जनाएको छ ।

गाभ्नेरगाभिने क्रममा दुवै संस्थाबीच निर्धारित शेयर स्वाप अनुपात अनुसार पुँजी मिलान गर्दा आएको बार्गेन पर्चेज गेनलाई गाभ्ने संस्थाले विद्यमान लेखामानअनुसार सम्बन्धित शीर्षकमा आम्दानी जनाई नियमानुसार लाग्ने कर कट्टी गरी पूँजीगत जगेडा कोषमा जम्मा गर्नुपर्नेछ । गाभिएपछिको संस्थामा लागू हुने कर्मचारी सेवा विनियमावली, आर्थिक प्रशासन विनियमावली तथा कर्जा अपलेखन विनियमावली यस बैंकको स्वीकृतिका लागि पेश गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।