अमेरिकी डलरको भाउ स्थिर, युरो बढ्यो


नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।

अमेरिकी डलर आइतबार पनि सोही भाउ किनबेच भएको थियो । यस्तै आज युरोको भाउ खरिद दर १४२ रुपैयाँ ९१ पैसा र बिक्री दर १४३ रुपैयाँ ५७ पैसा रहेको छ । युरो आइतबार १४२ रुपैयाँ ०३ पैसा र बिक्री दर १४२ रुपैयाँ ६८ पैसामा कारोबार गरिएको थियो ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ३२ पैसा र बिक्री दर ८७ रुपैयाँ ७२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६६ रुपैयाँ ४१ पैसा र बिक्री दर १६६ रुपैयाँमा १७ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०६ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ९२ पैसा र बिक्री दर ३५ रुपैयाँ ०८ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।