मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा


मल्टीपर्पस फाइनान्सले ४० हजार ११३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले अमर कान्त झाको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा आज असार १८ गतेदेखि ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । सेयर खरिदको लागी संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता राखिएको छ । संस्थापक सेयरधनीबाट ३५ दिनभित्र आवेदन नपरेमा अन्य व्यक्तिको लागी आवेदन खुलाउने कम्पनीले जनाएको छ । इच्छुक आवेदकले वित्तिय संस्थाको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्न सक्ने छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।