सुनको भाउ घट्यो


छापावाला सुनको मूल्यमा गिरावट आएको छ । आइतबार ५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने १ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको भाउ १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको भाउ १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

यसैबिच आज तेजावी सुनको भाउ १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुनको भाउ १ लाख ५५० रुपैयाँ निर्धारण गरिएको थियो । आज तेजावी सुनको भाउ ५० रुपैयाँले घटेको हो ।

यता हिजोको तुलनामा आज चाँदीको भाउ स्थिर छ । हिजो १० रुपैयाँले बढेको चाँदी आज भने स्थिर बनेको हो । आज चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही भाउमा कारोबार भइरहेको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९१९ दशमलव ५७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ दशमलव ८४ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।