अमेरिकी डलरको भाउ घट्यो


नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ८४ पैसा र बिक्री दर १३१ रुपैयाँ ४४ पैसा रहेको छ ।

सोमबार अमेरिकी डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको थियो । यस्तै आज युरोको भाउ खरिद दर १४२ रुपैयाँ ५४ पैसा र बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०७ पैसा र बिक्री दर ८७ रुपैयाँ ४७ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६५ रुपैयाँ ८४ पैसा र बिक्री दर १६६ रुपैयाँमा ६० पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०३ पैसा रहेको छ र बिक्री दर २८ रुपैयाँ १६ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३४ रुपैयाँ ८८ पैसा र बिक्री दर ३५ रुपैयाँ ०४ पैसा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।