नेप्सेमा दोहोरो अंकको वृद्धि, नागरिक लगानी कोषको उच्च कारोबार

0
Shares

सेयर बजारमा मंगलबार दोहोरो अंकको वृद्धि भएको छ । यसअघि तीन दिनको गिरावटपछि नेप्सेमा ११० अंकको गिरावटपछि नेप्से मंगलबार १२.७३ अंकले बढेको हो ।

आज नेप्से परिसूचक ०.६१ प्रतिशत बढेर २०८८.७० विन्दुमा पुगेको छ । त्यसैगरी ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.२८ अंक बढेर ३८८.६२ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक बढेपनि पनि मंगलबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा १ अर्ब ४७ करोड ४९ लाख रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ५ करोड १० लाखको कारोबार भएकोमा मंगलबार २ अर्ब ५७ करोड ६१ लाख ४० हजार १२८ रुपैयाँ सेयर खरिद बिक्री भएको छ । आज २८२ स्क्रिप्टका ६४ लाख ५० हजार ९३४ कित्ता सेयर ४६ हजार ७३१ वटा संख्यामा खरिद बिक्री भएका हुन् ।

कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटनमसलक उपसमूहगत परिसूचक सर्वाधिक २.३६ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स १.९२, अन्य १.६२ र लगानी उपसमूहको परिसूचक १.३६ प्रतिशतले बढेको छ ।

मंगलबार नागरिक लगानी कोषको सर्वाधिक कारोबार भएको छ । कोषको १२ करोड १७ ालख रुपैयाँको सेयर कारोबार भएको हो । यस्तै एनएलजी इन्स्योरेन्सको ११ करोड ३८ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ११ करोड ३३ लाख, शिवम् सिमेन्ट्को ११ करोड १७ लाख रुपैयाँ र सोल्टी होटलको ७ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सिटि होटलको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । होटलको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात ५० रुपैयाँ ८० पैसा बढेर ५५९ रुपैयाँ ७० पैसा पुगेको छ । त्यसैगरी मानुषी लघुवित्तको सेयरमूल्य ६.१५ प्रतिशत, सिंगटी हाइड्रोपावरको सेयर मूल्य ५.९५ प्रतिशत, पिपल्स हाइड्रोपावरको ४.७० प्रतिशत र नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य ४.६६ प्रतिशतले बढेको छ ।

उता बिपिडब्लु लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । लघुवित्तको सेयर ९.९९ प्रतिशत अर्थात १५५ रुपैयाँ ४० पैसाले घटेर १३९९ रुपैयाँ ४० पैसामा झरेको छ ।

यस्तै एनआईबिएल प्रगति फन्डको इकाईमूल्यय ३.५० प्रतिशत, खानीखोला हाइड्रोपावरको ३.१८, तेह्रथुम पावर कम्पनीको ३.१२ र इमर्जिङ्ग नेपाल लिमिटेडको ३.०९ प्रतिशतले घटेको छ ।

मंगलबारको कारोबारपछि समग्र बजार पुँजीकरण ३० खर्ब ५८ अर्ब ४८ करोड १४ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।