रावा इनर्जी र मोदी इनर्जीको आईपीओ आजदेखि कारोबार खुल्दै

0
Shares

रावा इनर्जी डेभलपमेन्ट लिमिटेड र मोदी इनर्जी डेभलपममेन्ट लिमिटेडको बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुला भएको छ ।

दुबै हाइड्रोपावर कम्पनीले मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आईपीओ र संस्थापक सेयर सूचीकृत गरेका हुन् । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको २८ लाख कित्ता र मोदी इनर्जीको २ करोड ९० लाख कित्ता सेयर मंगलबार सूचीकृत भएको छ । नेप्सेमा सेयर सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार खुल्ने व्यवस्था छ ।

नेप्सेले रावा इनर्जीको आईपीआको कारोबारका लागि स्टक सिम्बोल आरएडब्लुए (रावा) दिएको छ । आजदेखि यहि कारोबारमा खरिद बिक्रीमा आउनेछ । पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम प्रतिकित्ता ८३ रुपैयाँ १० पैसादेखि अधिकतम २४९ रुपैयाँ ३० पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज दिएको छ । यही रेञ्जभित्र कम्पनीको धितोपत्र दोस्रो बजारमा सुरु हुनेछ ।

पहिलो पटक दोस्रो बजारमा सेयर कारोबार खुला हुने कम्पनीलाई नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थलाई न्यूनतम काराबार रेञ्ज मानेर त्यसको तीन गुणासम्मको कारोबार रेञ्ज तोक्ने गरेको छ ।

रावा इनर्जीले जारी पुँजी २८ करोडको ३० प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूमा निष्कासन गरेको थियो । यस्तै कम्पनीमा १९ लाख ६० हजार कित्तामा संस्थापक सेयरधनीले लगानी गरेको छन् ।

कम्पनीको सेयर रजिष्ट्रार (आरटीएस) मा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटीएस सेवा काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलबाट हुने छ ।

त्यस्तै मोदी इनर्जीको आईपीओलाई नेप्सेले दोस्रो बजारमा कारोबारका लागि स्टक सिम्बोल एमईएल दिएको छ । आजदेखि यहि कारोबारमा खरिद बिक्रीमा आउनेछ । पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम प्रतिकित्ता ९२ रुपैयाँ ५७ पैसादेखि अधिकतम २७७ रुपैयाँ ७१ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज दिएको छ । यही रेञ्जभित्र कम्पनीको धितोपत्र दोस्रो बजारमा सुरु हुनेछ ।

पहिलो पटक दोस्रो बजारमा सेयर कारोबार खुला हुने कम्पनीलाई नेप्सेले वास्तविक प्रतिसेयर नेटवर्थलाई न्यूनतम काराबार रेञ्ज मानेर त्यसको तीन गुणासम्मको कारोबार रेञ्ज तोक्ने गरेको छ ।

मोदी इनर्जीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशत अर्थात ७२ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरूमा निष्कासन गरेको थियो । यस्तै २ करोड १७ लाख ५० हजार कित्तामा म्पनीका संस्थापक सेयरधनीले लगानी गरेको छन् ।

कम्पनीको सेयर रजिष्ट्रार (आरटीएस) मा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटीएस सेवा काठमाडौंको नक्साल बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेडबाट हुने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।