हिमालयन लाइफ र सिटिजन लाइफले ब्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याजमा छूट दिने

0
Shares

हिमालयन लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनील व्यतित बीमालेखको नवीकरणमा ब्याज छूट दिने भएका छन् । दुबै कम्पनीले सूचना जारी गर्दै छुट दिने बताएका हुन् ।

हिमालयन लाइफ इन्स्योरेन्सले असार १९ देखि २७ गतेसम्म व्यतित बीमालेखको नवीकरणमा लाग्ने विलम्ब शुल्कमा ब्याज छूट दिन लागेको हो । कम्पनीले ५ वर्षसम्मका व्यतित बीमालेखमा शतप्रतिशत र ५ वर्षभन्दा माथिका बीमालेखमा ४० प्रतिशत ब्याज छूट दिने जनाएको छ ।

व्यतित बीमालेख पुनस्जागरण गर्दा एक पटक मात्र छूट सुविधामा प्रदान गरिने हिमालयन लाइफ इन्स्योरेन्सले सूचनामा उल्लेख गरेको छ ।

यस्तै सिटिजन लाइफले ब्यतित बीमालेख पुनर्जागरण गर्दा ब्याजमा छुट दिने समय थप गरेको छ । कम्पनीका अनुसार असार ३१ गतेसम्म व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत व्याज छूट पाउने छन् ।

यसअघि यस्तो सुविधा असार १५ गतेसम्म रहेकोमा १६ दिन समय थप गरी असार ३१ गतेसम्म पु-याएको कम्पनीको भनाई छ । कम्पनीबाट जारी भएका बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरुमा लाग्ने विलम्ब शुल्क २०८० असार ३१ गतेसम्म पूर्ण रुपमा छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

छुट बीमा अवधिभरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ । सो अवधिसम्ममा नवीकरण शुल्क भुक्तानी गरी आ आफ्नो बीमालेख सक्रिय अवस्थामा ल्याउन तथा थप जानकारीको लागि कम्पनीको शाखा उपशाखा तथा अभिकर्ताहरुसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।