रावा इनर्जीमा सकारात्मक र मोदी इनर्जीको आईपीओमा नकारात्मक सर्किट

0
Shares

बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेका दुई कम्पनीहरुमध्ये रावा इनर्जी डेभलपमेन्ट लिमिटेडमा सकारात्मक सर्किट लाग्दा मोदी इनर्जी लिमिटेडको सेयरमूल्यमा नकाारत्मक सर्किट लागेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा रावा इनर्जीको सेयर ९.९९ प्रतिशत अर्थात २४ रुपैयाँ ९० पैसा बढेर २७४ रुपैयाँ २० पैसा पुगेको छ । कम्पनीको पहिलो सेयर कारोबार १० कित्ता सेयर प्रतिकित्ता २४९ रुपैयाँ ३० पैसामा कारोबार भएको थियो । समाचार तयार पार्दासम्म कम्पनीको ४८० कित्ता सेयर ४८ वटा कारोबारमा १ लाख २० हजार ६२२ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

कम्पनीको सेयरलाई नेप्सेले न्युनतम ८३ रुपैयाँ १० पैसादेखि २४९ रुपैयाँ ३० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो । बुधबार अधिकतम कारोबार रेञ्जमा कम्पनीको सेयर कारोबार खुला भएको हो । कम्पनीको सेयरलाई आरएडब्लुए (RAWA) कारोबार सिम्बोलमा कारोबारमा आएको हो ।

यस्तै मोदी इनर्जी लिमिटेडको सेयर सेयर १० प्रतिशत अर्थात २७ रुपैयाँ घटेर २४३ रुपैयाँमा झरेको छ । कम्पनीको पहिलो सेयर कारोबार १० कित्ता सेयर प्रतिकित्ता २७० रुपैयाँमा कारोबार भएको थियो । समाचार तयार पार्दासम्म कम्पनीको ४९ हजार ३९५ कित्ता सेयर २ हजार वटा कारोबारमा १ करोड २३ लाख १३ हजार २६ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

कम्पनीको सेयरलाई नेप्सेले न्यूनतम ९२ रुपैयाँ ५७ पैसा देखि २७७ रुपैयाँ ७१ पैसासम्मको ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । बुधबार करिब अधिकतम कारोबार रेञ्जमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आएको हो । कम्पनीको सेयरलाई एमइएल (MEL) कारोबार सिम्बोलमा कारोबार भएको हो ।

नेप्सेको ट्रेड म्यानेटमेन्ट सिस्टममा मार्केट डेप्थमा रावा इनर्जीको आईपीओमा सर्किट मूल्यमा ६७ हजार ३३० कित्ता सहित ७२ हजार ५० कित्ताको खरिद माग छ भने बिक्रीतर्फ कुनैपनि छैन । उता मोदी इनर्जीको आईपीओमा नकारात्मक सर्किट मूल्यमा ६० हजार ७२३ कित्ता सहित ६३ हजार ७६३ कित्ताको बिक्री अर्डर रहेको छ भने कुनैपनि खरिद माग छैन ।

दुबै कम्पनीको आईपीओ मंगलबार नेप्सेमा सूचीकृत भएको थियो । रावा इनर्जीको ८ लाख ४० हजार कित्ता साधारण र १९ लाख ६० हजार कित्ता संस्थापक गरी कुल २८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । यस्तै मोदी इनर्जीको ७२ लाख ५० हजार कित्ता साधारण र २ करोड १७ लाख ५० हजार कित्ता संस्थापक सेयर गरी कुल २ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।