सुनको भाउ लगातार ३ दिन बढ्यो, चाँदीमा पनि वृद्धि


छापावाला सुनको भाउमा लगातार वृद्धि भएको छ । आज छापावाला सुनको भाउ १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार छापावाला सुनको भाउ १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउमा लगातार ३ दिन वृद्धि भएको हो । मंगलबार ४ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार २ सय रुपैयाँले बढेको थियो ।

आज पनि सुन १ सय रुपैयाँले बढेको हो । यसैबिच आज तेजावी सुनको भाउ १ लाख १० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुनको भाउ १ लाख १० हजार ५० रुपैयाँ निर्धारण गरिएको थियो ।

यता हिजोको तुलनामा आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार १९१७ दशमलव ८७ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस २२ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।