एनएमबि क्यापिटलको एसआईपी इन्भेष्टमेन्टको लागि इ म्यान्डेट मार्फत पेमेन्ट सेड्यूल गर्न सकिने

0
Shares

एनएमबि क्यापिटल लिमिटेडका सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) अन्तर्गत इकाईधनीहरुले अब एक पटक सेटअप गरेको आधारमा भुक्तानी सेड्यूल गरी एसआईपीमा लगानी गर्न सक्ने भएका छन् ।

एनएमबि क्यापिटल र एनसीएचएल बीच भएको सम्झौता अनुसार एनएमबि क्यापिटलका इकाईधनीहरुले एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्दा, लगानी गर्ने रकम एक पटक अनलाइन इ म्यान्डेट भरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालित रुपमा भुक्तानी गर्न सक्नेछन् ।

एनएमबि क्यापिटलको एसआईपी अन्तर्गत खुलामुखी योजना अनुसार मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ । लगानीको बानी विकास गर्ने गरी, स–सानो रकमको लगानी समेतमा कम्पाउण्डिङ्ग रिटर्नको लाभ लिन मिल्ने गरी एसआईपीमा लगानी गर्न सकिन्छ ।

आफूले चाहे अनुसार लगानी रकम र समय अवधि थपघट गर्न सकिने हुँदा, एसआईपी मार्फत् लगानी गर्नेहरुको संख्या उल्लेख्य वृद्धि हुँदै गएको देखिन्छ ।

एसआईपी सम्बन्धी थप जानकारी र लगानीको लागि एनएमबि क्यापिटलको वेवसाइट धधध।लmदअ।िअयm।लउ मा गई एसआईपीमा आबद्ध हुन वा भुक्तानी गर्न सकिन्छ साथै उक्त लगानी गर्न इ म्यान्डेटको प्रयोगले अब ग्राहकलाई पटक पटक भुक्तानी समय सम्झिने झन्झटबाट समेत मुक्त गर्ने अपेक्षा गरिएको छ ।

एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल पेमेन्ट स्वीच अन्तर्गत डाइरेक्ट डेबिट भुक्तानी उपकरणको इ म्यान्डेट मार्फत कुनैपनि किसिमको सेड्यूल पेमेन्टलाई एक पल्टको सेटअपको आधारमा अटोमेट गर्न सकिन्छ । डाइरेक्ट डेबिट इ म्यान्डेट प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायहरुले उक्त भुक्तानी उपकरण प्रयोग गरी विभिन्न सेवा प्रदायक संस्था तथा निकायहरुले उक्त भुक्तानी उपकरण प्रयोगमा ल्याउने क्रम जारी गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।