स्ट्याण्डर्ड चार्टर्ड र एनएमबि बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

0
Shares

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनएमबि बैंक लिमिटेडको ऋणपत्र बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।

एनएमबि बैंकको ४० लाख कित्ता र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको २४ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । बुधबार सूचीकृत भएका दुबै बैंकको ऋणपत्र बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि योग्य भएका छन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५ वर्ष अवधिको वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३०% स्ट्याण्डर्ड चार्टर्ड बैक नेपाल लिमिटेड ऋणपत्र’ नामक सूचीकृत गराएको हो ।

त्यस्तै एनएमबि बैंकले आगामी १० वर्षसम्मका लागि वार्षिक १०.७५ प्रतिशत ब्याजदर भएको ‘एनमबि डिबेञ्चर १०.७५%–२०८९–९०’ नामक ऋणपत्र सूचीकृत गराएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।